लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ

पाेखरा | बैशाख १४, २०८१

लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ

पोखरा:  वडा प्रहरी कार्यालय बैदामले प्रहरीले गत ६ गते लेकसाइडमा ग १३ प ४०९ नम्बरको स्कुटरलाई गरेको ग १२ प ३३९७ नम्बरको स्कुटरले ठक्कर दिएर फरार रहेका युवालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका वडा १७ बस्ने २१ वर्षीय कुशल गुरुङ रहेका छन् ।

 

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले एउटै दिशामा गएको स्कुटरलाई ठक्कर दिई स्कुटरमा सवार पोखरा २७ कि गायत्री थापालाई घाइते बनाई गाली गलौज गरी फरार रहेको बताउदै सूचनाको आधारमा कुशललाई पक्राउ गरिएको बताए । 

 

डिएसपी शर्माका अनुसार कुशललाई ठक्कर दिएको स्कुटरसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

हाल पक्राउ परेका कुशलविरुद्ध वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार सम्बन्धि मुद्दामा थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।


 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्